२०८१ जेष्ठ ८

बाजुरा घटनाको दोषीलाई कारबाही गर्न अनेरास्ववियु सिन्धुपाल्चोककाे माग

मंसिर १३, अनेरास्ववियु सिन्धुपाल्चोकले निर्वाचनको दिन बाजुरामा भएकाे घटनाको दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ।अनेरास्ववियु सिन्धुपाल्चोकले उक्त घटनाकाे छानविन गरी दोषीलाई छिटाे भन्दा छिटाे कारबाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष ध्यानाकर्षण पत्र बुझाएकाे अनेरास्ववियु सिन्धुपाल्चोकका काेषाध्यक्ष अमृत थापाले  जानकारी दिनुभयाे ।

सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी बेदनिधी खनालले साे ध्यानाकर्षण पत्र बुझ्दै सम्वन्धित ठाउँमा समयमा नै पुर्याउने बताउनुभयाे । सरकारले चेतन ऐडीको हत्यामा संलग्नहरूलाई कारबाही गर्नुको साटो सत्ताको दुरुपयोग गरी अपराधीहरूलाई संरक्षण गरेको आरोप लगाएका छन् ।

अपराधीलाई कारबाही गर्नुपर्ने माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरिरहेका अनेरास्ववियु बाजुरा जिल्ला अध्यक्ष लगायतका नेताहरूलाई गिरफ्तार गरी झुटो मुद्दा लगाई प्रहरी हिरासतमा राख्नुले प्रहरी र सरकारले नियोजित रूपमा नै अपराधीहरूलाई संरक्षण गरेको दाबी अनेरास्ववियुले गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्