२०८१ श्रावण १२
                           

गणतन्त्र दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल हुने

जेठ १४, सिन्धुपाल्चोक ।दिवस २०८१ को अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ। कर्मचारी मिलन केन्द्र सिन्धुपाल्चोकले मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरेको हो।

मिलन केन्द्रका अध्यक्ष एवं उद्योग वाणिज्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख विश्वनाथ काफ्लेका अनुसार भोलि १५ गते बिहान ७ बजेबाट चौताराको टुँडिखेलमा मैत्रीपूर्ण खेल सुरु हुनेछ।

जम्मा ५ टिम सहभागी रहेको प्रतियोगितामा पहिलो खेल जिल्लास्थित संघीय कार्यालयका कर्मचारी र प्रदेश कर्मचारीबीच भिडन्त हुनेछ ।
यो भिडन्तबाट विजयी टीम सोझै सेमिफाइनलमा प्रवेश गर्दै ९ बजेर ३० मिनेटमा स्थानीय तहका कर्मचारीसँग भिड्नेछन् ।

त्यसभन्दा अगाडि ८ बजेर ३० मिनेटमा दोस्रो खेल नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोक र बैंकर्स बीच हुनेछ। फाइनल खेल भने दिउँसो ३. ३० बजे हुने मिलन केन्द्रका अध्यक्ष काफ्लेले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्