२०८१ श्रावण १२
                           

सोनाम ल्होछारको शुभकामना आदानप्रदान :संस्कृतिको संरक्षणसँगै समुदायको उत्थानका लागि काम गर्नु जरुरी रहेको अध्यक्ष स्याङवोको भनाई

चौतारा,७ माघ
सम्झना कार्की– तामाङ समुदायको २८५९औं ‘ह्योयी ल्हो’ अर्थात् बिरालो वर्ष सोनाम ल्होछारको अवसरमा सिन्धुपाल्चोकको गुफाडाँडामा शुभकामना तथा चियापान कार्यक्रम गरिएको छ । शनिवार नेपाल तामाङ घेदुङ नगर कमिटी सिन्धुपाल्चोकले आयोजना गरेको कार्यक्रममा सम्बोधन गदै जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङवोले सबै जातजाति तथा समुदायको भाषा, संस्कार, संस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य हो भन्दै सोनाम ल्होछारलाई राष्ट्रिय पर्वका रूपमा विकास गर्नतर्फ सरकार र तामाङ समुदाय लाग्नुपर्ने बताउँनुभयो ।

‘पर्वको अवसरमा राजनीतिक भाषण गर्ने मात्र होइन, यसको संरक्षण र विकासका लागि पनि तामाङ समुदाय र सरकार लाग्नुपर्छ,’ स्याङवोले भन्नुभयो, ‘संस्कृतिको संरक्षणसँगै समुदायको उत्थानका लागि काम गर्नु जरुरी छ।’ साथै यो वर्ष ल्होछारमा विभिन्न गुम्बा, घर–घरमा पूजा गरी शुभकामना आदानप्रदान गर्ने, मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने, चेलीबेटी, इष्टमित्र, कुटुम्बको भेटघाट र सामूहिक प्रीतिभोज र साँस्कृतिक कार्यक्रम गरेर मनाईने उहाँको भनाई छ ।

यस्तै पुर्वमेयर अमानसिं तामाङले प्रत्येक वर्ष १÷१ वटा जनावर तथा चराचुरुंगीको नाममा फेरिने ल्हो अर्थात वर्गअनुसार यो वर्ष बाघ वर्गलाई विदाई गरी बिरालो वर्गलाई स्वागत गरेका छौ , ल्हो को अर्थ साल, सम्वत्, वर्ष, उमेर र छारको अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष हो भनी स्पस्ट पार्नुभयो । हामिले आफ्नो भाषा, संस्कार, संस्कृति तथा पहिचानलाई जोगाई राख्न सक्नुपर्छ तामाङको भनाई थियो ।


यस्तै नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकका अध्यक्ष जिवन श्रेष्ठले यो ल्होछारलाई आम नेपालीको भनेर किन मनाउन सक्दैनौ भन्दै प्रश्न गर्नुभयो । हामि सबै नेपालीको पर्व हो भनि यो ल्होछार हर्षोउल्लासका साथ मनाउन र आफ्नो भाषा, संस्कार, संस्कृति तथा पहिचान नभुल्न अनुरोध गरी ल्होछारको शुभकामना दिनुभयो ।

शुभकामना तथा चियापान कार्यक्रम शनिवार भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा सबै उपस्थीतिहरुले आफ्नो परम्परागत तामाङ पहिरनमा सझिएका थिए । बिभिन्न सास्कृतिक कार्यक्रम संगैँ शुभकामना आदान प्रदान साटासाट गरिएको थियो । सोनाम ल्होछार हरेक वर्ष माघ शुक्ल प्रतिपदामा मनाइन्छ। बौद्ध धर्मावलम्बीहरूले यसलाई नया वर्षका रूपमा लिन्छन्। मान्यजनबाट शुभकामना र आशीर्वाद लिने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्