२०८१ श्रावण १२
                           

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक उत्कृष्ट शाखाको रुपमा सम्मानित

जेठ ७ । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखा उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको छ । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिद्वारा सिन्धुपाल्चोक शाखालाई सम्मान गरेको ।

नुवाकोटको बिदुरमा आयोजित समितिको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनको अवसरमा नेपाल पत्रकार महासंघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्टले शाखा अध्यक्ष जीवन श्रेष्ठलाई सम्मान पत्र प्रदान गर्दै सम्मान गरेको हो । कार्यक्रममा सिन्धुपाल्चोक शाखा सदस्यहरुको पनि बाक्लै उपस्थित रहेको थियो ।

२०७७ साल चैत्र २६ गतेबाट अध्यक्ष जीवन श्रेष्ठले नेतृत्व सम्हालेदेखि महासंघले सञ्चार प्रवर्द्धन, पत्रकार प्रोत्साहन लगायत विभिन्न कार्य गर्दै आइरेको छ । अध्यक्ष श्रेष्ठको यो कार्यकालमा खासगरी सञ्चारकर्मीहरुको समय सापेक्ष क्षमता,सीप, वृत्ती विकासका लागि विभिन्न तालिम सञ्चारलन, विपदमा राहत, उपचारका साथै प्रोत्साहनका कार्यक्रम र भौतिक पूर्वाधार लगायत विभिन्न कार्यहरू गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्