२०८१ श्रावण १२
                           

आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत , राष्ट्रपति रामचन्द्र पौडेल

जेठ १, काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आउँदो आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।सरकारको नीति तथा कार्यक्रममा संविधान कार्यान्वयन, सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र भ्रष्टाचार नियन्त्रण मुख्य प्राथमिकतामा राखिएको छ । यस्तै रोजगारी सृजना, सुशासन प्रवर्द्धन, सार्वजनिक सेवामा सुधार र सरलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापनामा जोड दिइएको छ ।

यसैगरी बैंक वित्तीय संस्था र सहकारीका समस्या समाधान, कृषिमा लगानी दशक घोषणा, पाँच लाख भूमिहीनलाई जग्गा, एक हजार जना युवालाई ’स्टार्टअप’ व्यवसाय गर्न सहुलियत कर्जा, बूढीगण्डकी र नलगाडको निर्माण, नेपालको आफ्नै भू–उपग्रह स्थापना, ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ लगायत नीति तथा कार्यक्रममा समावेश छ ।आउँदो दशकलाई सूचना प्रविधिको दशक बनाउँदै ५ हजार जनालाई रोजगारी दिने घोषणा पनि सरकारले गरेको छ ।

निति तथा कार्यक्रम पुरा पढ्नुहोस….

 

प्रतिक्रिया दिनुहोस्