२०८१ श्रावण १२
                           

सरदरभन्दा बढी पानी पर्ने सम्भावना, जल तथा मौसम विज्ञान विभाग

बैशाख ३१ । जल तथा मौसम विज्ञान विभागले आउँदो मनसुनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेको जनाएको छ । राष्ट्रिय मनसुन फोरम २०८१ ले आउँदो मनसुनी अवस्थाबारे धेरैजसो ठाउँमा सरदरभन्दा ३५ दशमलव चार प्रतिशतदेखि ५५ दशमलव चार प्रतिशत धेरै पानी पर्ने सम्भावना रहेको बताएको छ ।

यस्तै न्यूनतम तापक्रम देशका धेरैजसो ठाउँमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ दशमलव चार प्रतिशत रहेको विभागको अनुमान छ । साधारणतया जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली मनसुनको अवधि भनिन्छ । यही अवधिमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्