२०८१ श्रावण १२
                           

सानोसिरुवारीमा प्रहरीले गरे नागरीक सुनुवाई

चैत्र ७ , चौतारा । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका ७ स्थित सानोसिरुवारीमा प्रहरीले नागरीक सुनुवाई कार्यक्रम गरेको छ । वडाध्यक्ष डम्बर बहादुर तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको आयोजनामा प्रहरी उपरिक्षक सन्तोष खड्काको अध्यक्षतामा कार्यक्रम गरिएको हो ।

आज श्री सिद्धी गणेश माविको हलमा भएको कार्यक्रममा प्रहरी कार्य, शान्ती सुरक्षा लगायतको विषयमा नागरीक सुनुवाई कार्यक्रम भएको प्रहरी नायव उपरिक्षक निरञ्जन भट्टाराईले जानकारी दिनुभयो ।
कार्यक्रममा जनप्रतिनिधि , सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, शिक्षक, विद्यार्थीहरु र स्थानियहरुको सहभागीता थियो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जिल्लाका विभिन्न वडातहसम्म पुगेर नागरीक सुनुवाई कार्यक्रम गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्