२०८१ श्रावण १२
                           

नेपालीलाई केन्या पु¥याएर बन्धक बनाउने गिरोहका मुख्य आरोपी पक्राउ

बैशाख ३१ । नेपालीहरूलाई अमेरिका पठाउने भन्दै केन्या पु¥याई बन्धक बनाउने गिरोहका मुख्य आरोपी सहित थप तीन जना पक्राउ परेका छन् । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मुख्य आरोपी ओखलढुङ्गाका जगतबहादुर तामाङसहित तनहुँका विष्णुबहादुर बराली र तनहुँकै जङ्गबहादुर विकलाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेको हो । गिरोहका तीन जना गएको २७ गते नै पक्राउ परिसकेका छन् ।

उनीहरूले १५ जनाबाट सात करोड रुपैयाँभन्दा धेरै ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।यस्तै वैदेशिक रोजगारीका लागि टर्की पठाउने भन्दै एक सय २४ जनाबाट चार करोड ३४ लाख रुपैयाँ उठाएर फरार रहेका पोखराका विनोद श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौबाट पक्राउ परेका श्रेष्ठलाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो ।

उनीहरूले २५ जना नेपालीलाई अमेरिका पठाउने भनेर केन्या पु¥याएको अनुसन्धानबाट खुलेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । १० जना नेपाली केही दिनअघि नेपाल आइसकेका छन् । उनीहरूकै उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । अरू १५ जना भने केन्यामै बन्धक रहेका प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्