२०८१ श्रावण १२
                           

सानुसिरुवारीमा ज्येष्ठ नागरिक क्लिनिक सम्पन्न , १ सय ३० जनाले लिए सेवा

पौष २१ ÷चौतारा साँगाचोकगढी नगरपालिकाको ७ नम्बर वडामा विहिबार ज्येष्ठ नागरिक क्लिनिक सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा सञ्चालन गरेको ज्येष्ठ नागरिक क्लिनिकमा ७८ महिला र ५२ पुरुष गरी १ सय ३० जनाले सेवा लिएका छन् ।

स्वास्थ्य परीक्षणका क्रममा १३ जनामा उच्च रक्तचाप देखिएको नगर स्वास्थ्य शाखा प्रमुख शिव पुरीले बताउनु भयो । १ सय १८ जनाको रगत परीक्षण गर्दा ६ जनामा   मधुमेह देखिएको छ । १ सय ८ जनाको आँखा परीक्षणका क्रममा ७ जनामा मोतियाविन्दु देखिएको छ । यस्तै सोहि अवसरमा ५ वर्ष भन्दा मुनिका २५ जना बालबालिकाको वृद्धि अनुगमन समेत गरीएको थियो ।

324178272_5988153064568268_9201852868005233896_n1672925748.jpg

स्वस्थ रहनका लागि चेतना सबैभन्दा महत्वपूर्ण भएको हुँदा हरेक टोलमा पुगेर जनचेतनामूलक ज्येष्ठ नागरिकलाई स्वास्थ्य क्लिनिक सञ्चालन जारी रहेको जनस्वास्थ्य अधिकृत दिनेश नेपालले बताउनुभयो ।  ज्येष्ठ नागरिक क्लिनिकको उद्घाटन गर्दै  नगरप्रमुख कृष्णप्रसाद सापकोटाले ज्येष्ठ नागरिकले उपचारका लागि सास्ती भोग्न थालेपछि टोल टोलमै गएर स्वास्थ्य परीक्षण गर्ने नगरपालिकाले नीति तथा कार्यक्रममा उल्लेख गर्दै रु २५ लाख रकम विनियोजन गरेर काम सुरु गरेको बताउनुभयो ।

आर्थिक अवस्थाले उपचार नै नपाएका, स्वास्थ्य संस्थामा पुग्ने अवस्था नभएका बिरामी पहिचान गर्दै विशेष कार्यक्रम नगरपालिकाले संचालन गर्दै आएको छ ।

323997515_849122582967942_2481734919848192839_n1672925908.jpg

प्रतिक्रिया दिनुहोस्