२०८१ श्रावण १२
                           

नेत्रहीनहरु क्रिकेट खेल्न लाङटाङ जाँदै

निर्मल बस्नेत, सिन्धुपाल्चोक । नेत्रहिन क्रिकेट संघ नेपालकाे आयाेजनामा बैशाख २९ र ३० मा हुने २ दिने मैत्रीपूर्ण क्रिकेट खेलकाे लागि लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रकाे लामिडाँडामा जाने भएका छन् ।

खेल हुने क्षेत्र लाङटाङ राष्ट्रिय निकुञ्ज सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका १ लामिडाँडामा पर्दछ । पछिल्लो समय निकुञ्ज आसपासकाे क्षेत्रमा आन्तरिक पर्यटकहरु बाग्लै भ्रमण गर्ने गरेका छन् ।

सिन्धुपाल्चोक नेत्रहीन क्रिकेट संघकाे व्यवस्थापनमा २ दिनसम्म सञ्चालन हुने खेलकाे लागि काठमाडौ र सिन्धुपाल्चोक जिल्लाकाे चाैतारामा रहेको बनदेबी माध्यमिक बिद्यालयकाे दृष्टिबिहिन बिद्यार्थीहरुसमेत सहभागी हुने संघकाे सिन्धुपाल्चोक अध्यक्ष एवं टिम क्याप्टेन बलराम शाह आकाशले बताए  ।

प्रतिक्रिया दिनुहोस्