२०८१ श्रावण १२
                           

कोशीको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त

बैआख २७ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेश सभा संसदीय दलका नेता हिक्मतकुमार कार्की प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । बिहिबार ५२ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालयसमक्ष दाबी पेस गरेका कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका होे ।

गए राति प्रदेश प्रमुखले ४८ घण्टाको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । आज बिहान एमालेका हिक्मत कार्कीले नेपालको संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि बहुमत सदस्यहरूको समर्थनसहित दाबी पेस गरेका थिए । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले हिक्मतकुमार कार्कीका समर्थक सांसदलाई भौतिक रूपमै उपस्थित गराएर सनाखत गराएपछि मुख्यमन्त्रीमा नियुक्त गएिको हो ।

प्रतिक्रिया दिनुहोस्