२०८१ श्रावण १२
                           

दुईजना फरार अपराधिलाई प्रहरीले गर्यो पक्राउ

सिन्धुपाल्चोक ,१९ चैत
जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले दुई जना फरारलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक जिल्ला अदालतको २०७८।०६।१३ गतेको फैसलाले जवरजस्ती करणी उद्योग मुद्दामा कैद ३ वर्ष ६ महिना सजाँय भई फरार रहेका जि.सि.पा.चौतारा साँगाचोगढी न.पा.१३ बस्ने वर्ष २३ का विशाल के.सी.र तनहुँ जिल्ला अदालतको २०७०।११।२० गतेको फैसलाले सवारी ज्यान मुद्दामा १ महिना कैद र रु.२,००० जरिवाना सजाँय भई फरार रहेका जिल्ला दोलखा शैलुङ गा.पा.वडा नं.८ बस्ने वर्ष ३३ को नर बहादुर बस्नेतलाई पक्राउ गरी जेल चलान गरेको छ ।

के.सीलाई कार्यालयबाट खटिएको प्रहरी टोलीले आईतबार आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई सम्मानित सिन्धुपाल्चोक जिल्ला अदालत पेश गरेकोमा निजलाई कैद सजाँय असुलका लागि सम्मानित अदालतले आजै कारागार चलान गरेको छ

यसैगरी बस्नेतलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले शनिबार १८ गते जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोगढी न.पा.५ स्थितबाट पक्राउ गरी सिन्धुपाल्चोक जिल्ला अदालत पेश गरिएकोमा उनलाई समेत कैद÷जरिवाना असुलका लागि आजैे चौतारा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्