२०८१ श्रावण १२
                           

‘हाम्रो जुगल’ नामक पाठ्यपुस्तक जुगलका सामुदायिक विद्यालयमा पढाउन सुरु

बैशाख २५, सिन्धुपाल्चोक । जुगल गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक पढाउन सुरु गरेको छ । गाउँपालिका भित्रका सबै विद्यालयमा ‘हाम्रो जुगल’ नामक पाठ्यपुस्तक तयार गरी पढाउन सुरु गरिएको हो।

गाउँपालिकाले पाठ्यक्रममा स्थानीय संस्कृति, भाषा, जनजीवन, इतिहास, भूगोल आदि विषय समेटेर पाठ्यपुस्तक तयार गरेकोे छ।

गाउँपालिकाभित्र रहेका विभिन्न पक्ष विद्यार्थीलाई जानकारी दिने उद्देश्यले
पाठ्यक्रम सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष रेशम स्याङबोले बताए ।

राष्ट्रिय पाठ्यक्रम प्रारुपले स्थानीय तहलाई कक्षा १ देखि ८ सम्मका लागि स्थानीय पाठ्यक्रम विकास गर्न सक्ने अधिकार प्रदान गरेको छ। स्थानीय पाठ्यक्रमले आधारभूत तहका विद्यार्थीलाई आफू जन्मेको बसेको परिवेशबारे जानकारी दिन सहज हुने अध्यक्ष रेशम स्याङबोको भनाइ छ।

स्थानीय तहका सांस्कृतिक,ऐतिहासिक र आर्थिक विशेषता समेतको जगेर्ना गर्ने लक्ष्य राखिएको उनले बताए।गाउँपालिकाभित्र रहेका ४० सामुदायिक विद्यालयले पाठ्यपुस्तक अध्यापन गराइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्