२०८१ श्रावण १२
                           

बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषामा पनि सरकारी कामकाज हुने

बैशाख २४ । बागमती प्रदेशमा सोमबारदेखि तामाङ र नेपाल भाषामा पनि सरकारी कामकाज हुने भएको छ।अहिलेसम्म नेपाली भाषामा मात्रै सरकारी कामकाज हुँदै आएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौंको बसन्तपुरमा सोमबार भएको कार्यक्रममा  तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषाको रूपमा शुभारम्भ गरेका हुन्।

बागमतीको गत वैशाख १२ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाली भाषाको अतिरिक्त तामाङ र नेपाल भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा लागू गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयअनुसार सोमबार प्रदेशभर सार्वजनिक बिदासमेत दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्