२०८१ जेष्ठ ५

वेस्ट इन्डिजसँगको टी–ट्वान्टी क्रिकेट शृंखलाको अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी

। वेस्ट इन्डिजसँगको टी–ट्वान्टी क्रिकेट शृंखलाको अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी भएको छ ।
कीर्तिपुरमा भएको खेलमा १७३ रनको लक्ष्य नेपालले ७ बल अघि नै ४ विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि अनिलकुमार साहले ५८ र आशिफ शेखले ५१ रन बनाउनुभयो । यस्तै कुशल मल्लले आक्रामक ब्याटिङ गर्दै १७ बलमा ३७  रन बनाए ।
अनिलले ४५ बलमा चार चारवटा चौका र छक्का प्रहार गर्नुभयो यस्तै आशिफले ३५ बलमा ५ छक्का र २ चौका प्रहार गरे। ओपनर कुशल भुर्तेल ९ बलमा १३ रन बनाएर आउट भएको खेलमा आशिफ र अनिलले दोस्रो विकेटका लागि ९६ रनको साझेदारी गरे । केही समयदेखि खराब लयमा रहेका कुशल मल्लले
यस्तै दीपेन्द्र सिंह ऐरीले ६ बलमा ५ रन बनाए ।

पहिलो खेल जिते पनि त्यसपछिका तीन खेल लगातार हारेर शृंखला गुमाइसकेको नेपालले अन्तिम खेलमा जीत हात पारेको हो ।

प्रतिक्रिया दिनुहोस्