२०८१ जेष्ठ ८

चौतारामा एक दिवसीय महान सत्सङ्ग समारोह सम्पन्न

वैशाख १७, सिन्धुपाल्चोक । सोमबार नेपाल मानव धर्म सेवा समिति सिन्धुपाल्चोकको आयोजनामा एक दिवसीय महान सत्सङ्ग समारोह सम्पन्न भएको छ ।

चौतारामा भएको सो कार्यक्रममा चौतारा साँगाचोक गढि नगरपालिका ५ का वडाध्यक्ष शिव श्रेष्ठले सत्सङ्ग समारोहमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनी यो खालको कार्यक्रम आवश्यक रहेको शुभेच्छा व्यक्त गरे।

यस्तै विगत लामो समय देखिनै यस संस्थासँग जोडिन पाएकोमा खुशी व्यक्त गर्दै आउँदो दिनमा पनि सहकार्य गर्ने नेपाल रेडक्रस सोसाइटीको सिन्धुपाल्चोकका मन्त्री कमल कक्षपतिले बताए ।

संस्थाकी वरिष्ठ महात्मा त्रीगुणा बाइजिले  परमात्माको लागि जीवन लगाउन सकेमात्र मनुष्य चोला धन्य हुने धारणा व्यक्त गरिन ।
बागमती क्षेत्र प्रमुख महात्मा लता बाइजिको सभापतिमा भएको कार्यक्रममा ज्ञानी बस्नेतले स्वागत तथा शुभकामना मन्तव्य राखेकी थिइन् ।

महात्मा लता वाइजिले मानव धर्मको सन्देश विश्वमा फैलाउन आवश्यक रहेकाले भाइचारा अनि समानताको भावना प्रत्येक मानवको हृदयमा हुनुपर्ने बताइन ।

उक्त समारोहमा पुर्व सांसद कृष्णराज श्रेष्ठ, जेष्ठ नागरिक संघका अध्यक्ष माधवलाल कर्माचार्य, भिन्तुना आमा समूहकी अध्यक्ष गिता श्रेष्ठ, सम्पदा संरक्षण गुठिका  अध्यक्ष रबिन्द्र प्रसाद श्रेष्ठ, ज्योतिष परिषद नेपालका जिल्ला कार्यसमितिका पदाधिकारी गण र म्ह सिका पुच: का प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनुहोस्