२०८१ श्रावण १२
                           

सुनकोशी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोशी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको सुरुङ खन्ने काम अब ११० मिटर मात्रै बाँकी रहेको छ ।

तराई–मधेशका विभिन्न जिल्लामा १२ महिना नै सिंचाइ सुविधा पु¥याउने लक्ष्यका साथ सुरु गरिएको निर्माण प्रक्रियामा अन्तिम चरणमा पुगेको हो । कुनै भौगोलिक जटिलता उत्पन्न नभएका खण्डमा यही वैशाख २६ गते विशेष समारोहको आयोजना गरी सुरुङ ब्रेक थु्र गर्ने अन्तिम तयारी गरिएको आयोजनाले जनाएको छ ।

सुनकोशी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार कुल १३ दशमलव ३ किलोमिटर लामो सुरुङमध्ये हालसम्म १३ दशलव १९० किलोमिटर निर्माण भएको छ ।

२०७९ साल असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सो आयोजनामा कुल १३ दशमलव ३ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्