२०८१ श्रावण १२
                           

हेलम्बुमा स्याउ खेतीमा समस्या, किसान निराश

सांकेतिक तस्वीर

बैशाख ८, सिन्धुपाल्चोक ।   हेलम्बु गाउँपालिका वडा नम्बर २ स्याउको गाउँ भनेर चिनिने शेर्माथाङमा अचेल  स्याउको बोट भेट्न मुस्किल छ । मौसम प्रतिकुल नहुँदा हेलम्बुमा स्याउका बोट मासिँदै गएको छ भने बोटहरू सुक्न थालेका छन् ।

सेर्माथाङ देखि थुन्चेमा स्याउ बोकेर काठमाडौं पुग्ने हेलम्बु गाँउपालिका–२ का जाङबु शेर्पाले  बगैँचामा अहिले  स्याउका बोट  सुक्न थालेको बताए  । यस ठाउँको स्याउ  स्वदेशी मात्र नभइ विदेशीले पनि किन्ने गर्थे  ।

अहिले भने स्याउ खेतीमा समस्या देखिएपछि यहाँका किसानहरु अरु खेतीको खोजीमा रहेका छन् । ३५ वर्षअघि हुरीले बगैँचा सखाप बनाएपछि स्याउका बोट पलाएनन् । नयाँ विरुवा रोप्ने गरेपनि विरुवा हुर्किन नपाउदै  मर्ने गरेको किसानको भनाई छ ।

हेलम्बुको सेर्माथाङ, छिमी, नाकोते, तार्के घ्याङ लगायतका स्याउ फल्ने गाउँहरू हाल उराठ लाग्दा देखिन्छन् । गोल्डेन डेलिगेसन, रोयल डेलिगेसन लगायत चार जातको स्याउ हेलम्बुमा उत्पादन हुने गरेको थियो ।

वि. सं  २०४५ सालमा आएको हावाहुरीले स्याउको बगैँचा सखाप बनाएको थियो । तत्कालीन समयमा देश तथा विदेशमा लोकप्रिय हेलम्बुको  स्याउको  उत्पादनमा ह्रास आएपछि हराउँदै गएको हो ।

प्रतिक्रिया दिनुहोस्