२०८१ बैशाख १८

चौतारामा किशोरीहरुलाइ आत्मरक्षा तालिम

चैत्र २९, सिन्धुपाल्चोक । चौतारामा किशोरीहरुलाइ आत्मरक्षा तालीम सुरु भएको छ  । प्रदेश युवा परिषद्, बागमतीको आर्थिक सहयोग र जिल्ला युवा समिति सिन्धुपाल्चोक आयोजनामा तालीम भएको हो ।

खासगरी तालिममा किशोरीलाइ आत्मरक्षा सम्बन्धि विभिन्न टेकनिकहरु सिकाइने भएको छ । किशोरीहरुको लागि २ दिने आत्मरक्षा तालिमले आत्मबल बढे संगै आत्मरक्षाका लागी सक्षम हुने विस्वास लिइएको छ ।

सो तालिम प्रदेश युवा स्वयंसेवक रुपक दुलालको अध्यक्षतामा बिहीवारबाट सुरु भएको छ । तालिमको उत्घाट्न चौतारा साँगाचोकगढी नगरपालिकाको उप-प्रमुख सीता थापाको प्रमुख  आतिथ्यतामा भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्