२०८१ आश्विन २
                           

सिलाईकटाई ,झोल साबुन र सरफ बनाउने तालिम मेलम्चीमा सकियो

सिन्धुपाल्चोक ,२० कात्तिक-  मेलम्चीमा तिन महिने सिलाइकटाइ तथा ५ दिने झोल साबुन र सरफ बनाउने तालिम सकिएकाे छ। रिड नेपालको आयोजना करुणा ट्रष्टको आर्थिक सहयोग र मेलम्ची नगरपालिका संगको समन्वयमा भएको तालिममा वडा नम्बर १० र ११ का माझी र दनुवार समुदायका महिला हरुको सहभागीता रहेको थियो ।

नगर प्रमुख आइतमान तामाङले तिन महिनाको तालीम अपुग भएमा सक्रिय रुपमा पुनः तालीम लिन आग्रह गर्नुभयो । उहाँले टिम बनेर तालिमको माग गरेर आएमा नगरपालिकाले तालिमको लागी बजेट बनाउन तयार रहेको जानकारी गराउनुभयो ।नगर प्रमुख तामाङले सिलाइ बुनाइ र झोल साबन बनाउने तालिम लिएकाहरुले निरन्तरता दिएमा जिविकोपार्जनमा टेवा पुग्ने बताउनुभयो ।

तामाङले जुनसिप जस्ले सिकेपनि हुने भन्दै प्रयोगमा ल्याउन समेत सुझाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्