२०८१ श्रावण १२
                           

महिलाहरूले बनाए मकैको खोस्टाको ह्यान्ड ब्याग

बैशाख ३१ ,सिन्धुपाल्चोक । इन्द्रावतीमा महिलाहरुलाई मकैको खोस्टाको प्रयोगबाट हस्तकला सामाग्री बनाउन सिकाइएको छ । जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं ४ स्थित उनिहरुलाई  गाउँपालिकाले एक महिने तालिम दिइएको थियो । यहाँका १३ जना महिलाहरु तालिममा  सहभागी थिए ।

तालिम अवधिमा महिलाहरुले आकर्षक ह्याण्ड ब्याग, ह्याड्, टोकरी लगायतका समानहरु तयार पारेका छन् । गाउँमा मकै बाली उत्पादन हुन्छ र मकैको खोस्टा भने खेर गइरहेको हुन्छ त्यसैलाई सदुपयोग गर्न सकिने गरी उनीहरुले सिप सिकेका हुन् ।

हातले तयार पारेका यी सामग्रीहरु बजार ब्यवस्थापन भएमा आर्थिक आम्दानी हुने माध्यम बनाउन सक्नेगरी काम गर्ने महिलाहरुले बताएका छन् । गाउँपालिकाका अध्यक्ष झम्क नाथ नेपालले उत्पादित हस्तकलाका सामग्रीहरुको उचित मुल्य सहितको बजारीकरण गर्ने जिम्मा पालिकाले लिने बताएका छन्  । आफ्नो वडाभित्रका महिलाहरुलाई  सिपमुलक तालिमले उद्यमी बनाउन प्रेरित गर्ने ४ नं वडाका अध्यक्ष क्षेत्र तामाङले बताए ।

गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रम अन्तरगत मेड्पा को आर्थिक सहयोगमा उनीहरुले यस तालिम  लिएका हुन्

प्रतिक्रिया दिनुहोस्