२०८१ श्रावण १२
                           

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुपाल्चोकको अध्यक्षमा तारा बहादुर जिरेल

चैत्र १९, सिन्धुपाल्चोक । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सिन्धुपाल्चोकको नयाँ कार्यसमितिको अध्यक्षमा तारा बहादुर जिरेल चयन भएका छन् ।

गत शनिबार सम्पन्न चौथो अधिबेसनबाट जिरेल नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सिन्धुपाल्चोकको अध्यक्षमा चयन भएका हुन् ।

पर्यटकिय स्थल हेलम्बुको सेर्माथाङमा सम्पन्न अधिबेसनले वरिष्ठ उपाध्यक्ष पदमा फुर्वा ग्याल्बो मोक्तान थुप्तेन, उपाध्यक्षमा रामसरण श्रेष्ठ र सानुमाया गुरुङ , सचीवमा रमेश शेर्पा, सह सचीवमा आत्माराम पहरी, अमृत माझी ,कोषाध्यक्षमा पातली थामीलाई सर्वसम्मत चयन गरेको छ ।

सेर्माथाङमा भएको सो कार्यक्रमको उत्घाटन सँस्कृति पर्यटन तथा नागरिक उड्ड्यानमन्त्री हित बहादुर तामाङले गरेका थिए ।
अधिबेसनमा जिल्लामा क्रियासिल १२ वटा जातीय संगठनका तर्फबाट प्रतिनिधि र पर्यवेक्षकको सहभागीता थियो ।

 

प्रतिक्रिया दिनुहोस्