२०८१ श्रावण १२
                           

नेकपा एमाले सिन्धुपाल्चोकको अन्तिम नामवाली प्रकाशन केहीबेरमा मतदान सुरु हुने

चैत्र १८, चौतारा । नेकपा एमाले सिन्धुपाल्चोकको आज साँझबाट मतदान सुरु हुने भएको छ । नेकपा एमाले सिन्धुपाल्चोकको १० औं जिल्ला अधिवेशनको चुनावी प्रक्रियाको अन्तिम तयारी भएको हो ।आज दिउँसो केहीबेर अघि अन्तिम नामवाली प्रकाशन भएको हो ।

१६ गते शुक्रबार चौतारा टुडिखेलमा १० औं जिल्ला अधिवेशनको उदघाटन सत्र गरिएको थियो । सनिबार १७ गते बन्दसत्र सकिए पनि चुनाबको प्रक्रिया ढिलाई भएको हो । उम्मेदवारी दिएकाहरुको दावी विरोध प्रक्रिया लम्बीएकाले अन्तिम नामावली प्रकाशनमा ढिलाइ भएको स्रोतले बताएको छ । शिर्ष नेताहरुलाई अन्त्मि नामवाली प्रकाशन गर्नका लागि हम्मेहम्मे परेको थियो ।
नेकपा एमाले सिन्धुपाल्चोक अध्यक्ष पदका लागि दुइ जना चुनावी मैदानमा उत्रिएका छन् । जसमा उम्मेदवारद्धय निवर्तमान अध्यक्ष कमल नेपाल, जुगल गाउँपालिका निवर्तमान अध्यक्ष होमनारायण श्रेष्ठ विच प्रतिस्पर्धा हुने भएको हो ।

उपाध्यक्ष पदका लागि अर्जुन कुमार भण्डारी र विष्णुमणी आचार्यबीच प्रतिस्पर्धा हुनेभएको छ । नेकपा एमाले सिन्धुपाल्चोकको सचिव पदका लागि यज्ञराज सापकोटा र कृष्णगोपाल तामाङ उम्मेदवार रहेका छन् ।
उपसचिव खुला तर्फ शिवहरी सापकोटा र विजयकृष्ण श्रेष्ठ उम्मेदवार रहेका छन् । भने उपसचिव महिला पदका लागी सुशिला पाख्रिन र शोभा कार्कीबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्