२०८१ श्रावण १२
                           

विश्व नेवाः दिवस मनाईंदै

चैत्र १७ । हरेक मार्च महिनाको अन्तिम शनिवार विश्व नेवाः दिवस मनाउने निर्णय अनुसार आज विभिन्न देशमा रहेका नेवार सङ्घ संस्थाले विभिन्न कार्यक्रम गरेर सातौंं विश्व नेवाः दिवस मनाउँदैछन् ।

नेवाः साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्वलाई अन्तर्राष्ट्रियकरण गर्न दिवस मनाउन थालिएको हो । दिवसको अवसरमा वल्र्ड नेवा अर्गनाइजेशनको केन्द्रीय समितिले नेपाली समय अनुसार आज बेलुकी ८ बजे विश्व कविता सम्मेलन गर्न लागेको छ ।

त्यस्तै नेपालमा पाटन म्यूजियममा नेपाल च्याप्टरको आयोजनामा अहिले कार्यक्रम हुँदैछ । त्यस्तै दिवसको अवसरमा भारत, अमेरिका, जापान, बेल्जियम, न्यूजिल्याण्डलगायतका देशमा रहेका नेवार सङ्घ संस्थाले विभिन्न कार्यक्रम गर्दैछन् । वर्ल्ड नेवाः अर्गनाइजेशनको आव्हानमा दिवस मनाउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्