२०८१ श्रावण १२
                           

चौसाँगढी नगरपालिकाले गरे सार्वजनिक सुनुवाइ

चैत्र १५,सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाले बिहीबार सार्वजनिक सुनुवाइ गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा गरेका काम र सेवा प्रवाहको सार्वजनिक सुनुवाइ गरेको हो ।
चालु आर्थिक वर्षभित्र नगरपालिकाद्वारा भए गरेका कार्य सम्पादन, सेवा प्रवाह र विवरण प्रशासकीय अधिकृत पुष्प राज ढकालले प्रस्तुत गरेका थिए ।

नगरपालिकाले २० करोड ४१ लाख ८४ हजार ३ सय ४४ रुपैया ५ पैसा राजस्व संकलन गरेको छ ।यो चालु आर्थिक वर्ष ०८०।८१ मा साउन देखि फागुनसम्म कुल बजेटको ४३ प्रतिशत रकम खर्च भएको ढकालले बताए । पुँजीगत तर्फ ३३.४ प्रतिशत र चालु तर्फ ४६.६ प्रतिशत रकम खर्च गरेको छ । नगरपालिकाले ५५ बुँदामा आफ्नो ८ महिने प्रगती विवरणलाई समेटेर सार्वजनिक गरेको छ।

उक्त सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय नागरिकहरुले सम्बन्धित पक्षसंंग प्रश्न र गुनासो राखेका थिए । नगरपालिका भित्र शिक्षा, स्वास्थ्य, कृषि सामाग्री, पुर्वाधार विकास , पर्यटन, सिंचाइ, खानेपानी, बजारका पार्किङ,अपाङगता, कला सँस्कृती र फोहोर ब्यवस्थापन लगायतका विषयमा सहभागीहरूले प्रश्न, जिज्ञासा तथा सुझाव राखेका थिए ।

सो सवालहरूको जवाफ मेयर कृष्णप्रसाद सापकोटा र प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्