२०८१ श्रावण १२
                           

जुगल हिमाल आरोहणको भव्य तयारी हुदै

चैत्र १४, सिन्धुपाल्चोक जुगल हिमाल आरोहणको भव्य तयारी भइरहेकोे छ । जुगल हिम शृङ्खला अन्तरगतका दुई नयाँ हिमालको पहिलो आरोणका लागि अन्तिम तयारी भइरहेको जुगल गाउँपालिकाले जनाएको छ ।

जुगल गाउँपालिकाको शिरमा रहेका जुगल १ र जुगल २ को दश जना पर्यटकले पहिलो पटक आरोहण गर्ने भएका छन् । आरोहण टोलिमा ७ जना कोरियन र तीन जना नेपाली रहनेछन् ।

नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा यहि चैत्र २३ गतेदेखि २०८१ बैशाख १५ गतेसम्म नेपाली र कोरियन पर्वतारोहिले गर्ने आरोहणको तयारी पूरा भएको पालिका अध्यक्ष रेशम स्याङ्बोले बताए ।

वि.सं २०७५ मा नेकपा माओवादी केन्द्रका पोलेटब्युरो सदस्य एवं पूर्व सभामुख अग्नि प्रसाद सापकोटा, प्रतिनिधिसभा क्षेत्र १ का सांसद माधव सापकोटा सुबोध, प्रदेशसभा सदस्य सरल सहयात्री लगायतको पहलकदमीमा पहिलो पटक जुगल हिमालको आरोहण सुरुवात गरिएको थियो । त्यतिबेला पर्वतारेही मायाँ गुरुङ, मिलन तामाङ लगायतको टोलिले सफलता पूर्वक हिमाल आरोहण गरेका थिए ।

हिमाल आरोहणका लागि सरकारले दस्तुर मिनाहा गरिदिएको छ । स्थानिय सरकारले आरोहणको अन्य व्यवस्थापनको काम गरिरहेकोछ ।

प्रतिक्रिया दिनुहोस्