२०८१ श्रावण १२
                           

भोलिदेखि एसइई परिक्षा, सबै तयारी पूरा

चैत्र १४ । भोलिदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षाको अन्तिम तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष प्राध्यापक डाक्टर महाश्रम शर्माले प्रश्नपत्र र उत्तरपुस्तिका जिल्ला–जिल्ला पु¥याइएको जानकारी दिँदै परीक्षालाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सबैलाई आह्वान पनि गर्नुभएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।
एसईईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्ष लगायत जनशक्तिलाई अभिमुखीकरण गरेको बोर्डले जनाएको छ । परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ वटा विद्यालयका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने भएको हो ।
यस वर्षदेखि ’लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागू भएकाले कक्षा ११ मा भर्ना हुनका लागि सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनैपर्छ ।

प्रतिक्रिया दिनुहोस्