२०८१ श्रावण १२
                           

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा बुद्वराज बस्नेत विजयी

चैत्र १२, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्ष पदमा बुद्वराज बस्नेत विजयी भएको छ । गत १० गते भएको निर्वाचनको मतपरिणाम अनुसार बस्नेतले २ प्रतिश्पर्धीलाई पछिपार्दै ९ सय ४ मतले जीत हासिल गरेको हो ।

बाह्रबिसेमा संघको ११ औं अधिवेशनमा भएको मतदान प्रक्रियामा बस्नेतले प्रतिद्वन्दीद्वय सुमन खत्री र शम्भुबहादुर तिमिल्सिनालाई पछि पार्दै विजयी बन्न सफल भएका हुन ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा उमेश प्रधान विजयी भएका छन् । प्रधानले ८ सय ११ मत ल्याएका थिए । प्रधानले सूर्यबहादुर कार्कीलाई १ सय १८ मतान्तरणले पछिपार्दै जित हाँसिल गरेका हुन् ।

यस्तै द्धीतीय उपाध्यक्षमा ईन्द्रबहादुर राउतले जितेका छन । प्रतिद्वन्दी उम्मेदवार राजेश श्रेष्ठलाई २ सय ५५ मतान्तरले हराउँदै राउत विजयी बनेका हुन । राउले १ हजार ५२ ल्याएका थिए ।

उद्योगी, व्यापारी व्यवसायीहरूको छातासंगठन सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको २८ औ साधारणसभा तथा ११ औ अधिवेशन गत शुक्रबार र सनिवार भएको हो ।

यसअघि मनोनयन दर्ताका क्रममा ४ पदाधिकारी तथा २ जना महिला सदस्य निर्विरोध निर्वाचित भएका थिए ।

प्रथम उपाध्यक्ष भेषबहादुर बस्नेत (राजेन्द्र), तृतीय उपाध्यक्ष विचारी पराजुली, महासचिवमा ईश्वर गुभाजू र सहकोषाध्यक्षमा उद्वव पौडेल निर्विरोध निर्वाचित भएका हुन । यसैगरी महिला सदस्य पदमा कल्याणी घिसिङ र चमेली श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए ।

कार्यसमितिमा सदस्य खुल्ला तर्फ विजयीहरु :
१ अमर बहादुर श्रेष्ठ
२ असोक कुमार श्रेष्ठ
३ ईश्वर खत्री
४ उददब तिमल्सिना
५ उमेश श्रेष्ठ
६ कुमार थापा
७ गणेश नेपाल
८ चेङा शेर्पा
९ दल बहादुर रुम्बा
१० दावा ग्याल्जेन शेर्पा
११ प्रकास पौडेल
१२ मणिकलाल श्रेष्ठ
१३ राजकुमार बस्नेत
१४ सुरज तिमल्सिना
१५ सुशान्त भट्टराई

 

प्रतिक्रिया दिनुहोस्