२०८१ श्रावण १२
                           

विपत सम्बन्धी द्रुत प्रतिकार्य टोली ( RRT ) परिचालन सम्बन्धी अभिमुखीकरण

चैत्र ८, चौतारा। विपत सम्बन्धी द्रुत प्रतिकार्य टोली ( RRT ) परिचालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको  छ ।

सो कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाभित्रका २४ जना स्वास्थ्यकर्मीहरू सहभागि थिए ।

विपद जोखिम उच्च मानिने सिन्धुपाल्चोक जिल्ला  र सम्बन्धित पालिकाभित्रका स्वास्थ्यकर्मीहरूको क्षमता विकासका लागि अभिमुखीकरण गरिएको नगरपालिका जनस्वास्थ्य अधिकृत दिनेश नेपालले जानकारी दिए ।

विहिबार सम्पन्न कार्यक्रममा चौसाँ गढीका मेयर  कृष्णप्रसाद सापकोटाले स्वास्थ्य सम्वेदनशिल भएकाले तुरुन्त स्वास्थ्य सेवा दिन सक्नुपर्नेमा जोड दिए । विपद तथा महामारी जस्ता आपतकालीन अवस्थामा पनि फ्रन्टलाइनमा स्वास्थ्य सेवा दिनुपर्ने हुदा स्वास्थ्यकर्मीहरुको महत्वपूर्ण भुमिका रहन्छ, मेयर सापकोटाले भने विपदको समयमा  के हुन्छ र कसरी काम गर्नुपर्छ भन्ने कुरा बुझ्न जरुरी छ र त्यसका लागि नै यो कार्यक्रम प्रभावकारी हुनेछ ।

प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालले यी खालका कार्यक्रमका लागि नगरपालिकाले आवश्यक बजेट तथा  व्यवस्थापनको पाटोलाई मिलाउने  बताए।

२ दिने तालिममा चौतारा अस्पतालका मेडिकल अधिकृत डा.अमरदीप कुमार शाह, नेपाल रेडक्रस सोसाइटीका भरत कोइराला र नगर विपत शाखा प्रमुख चिरञ्जीवी कटेलले प्रशिक्षण दिएका हुन ।

प्रतिक्रिया दिनुहोस्