२०८१ श्रावण १२
                           

मेलम्चीमा एसईई तयारीमा रहेका २ सय विद्यार्थीलाई उत्प्रेरणा कार्यक्रम

चैत्र ८, मेलम्ची । एसईई तयारीमा रहेका विद्यार्थीहरुलाई लक्षित गर्दै एसईई उत्प्रेरणा कार्यक्रमको आयोजना गरिएको छ । बुधबार मेलम्ची नगरपालिका वडा नंं. ११ स्थित मेलम्ची कम्युनिटी मावि र कुमारी कलेज काठमाडौंको आयोजनामा कार्यक्रम भएको हो ।

सो कार्यक्रमा मेलम्ची भेगका मेलम्ची कम्युनिटी मावि, प्रगती मावि, इन्द्रेश्वरी मावि, सितला देवि मावि, जवलवाइ देवि मावि र जालपादेवी माविका २ सय भन्दा बढि विद्यार्थीहरु सहभागी थिए ।

कार्यक्रममा विज्ञान र गणित विषयको पाठ्यक्रम प्रवोधिकरण गर्नका लागि विषय विज्ञ जेपी श्रीवास्तवले विज्ञान र रमेशप्रसाद अवस्थीले गणित विषयको सहजीकरण गरेका थिए ।

विद्यार्थीलाई सहज होस भनेर कार्यक्रम गरिएको मेलम्ची कम्युनिटी माध्यामिक विद्यालयका प्रधानाध्यापक दिनेश बस्नेतले बताए । यसगरी इन्द्रेश्वरी माविका प्रधानाध्यापक देवी श्रेष्ठले यस कार्यक्रमले विद्यार्थीलाई सहयोग पुग्ने बताउदै आयोजकलाई धन्यवाद ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्