२०८१ श्रावण १२
                           

इजाजत लिएका हतियारको विवरण उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयलाई गृहको निर्देशन

चैत्र ६ । गृह मन्त्रालयले इजाजत दिइएका हतियारको विवरण पठाउन मातहतका निकायलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले चैत ६ सम्ममा हालसम्म इजाजत लिएका हतियारको विवरण २४ घण्टाभित्र उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो । मन्त्रालयले हालसम्मको इजाजत विवरण पठाउन पत्राचार गरेको हो ।

‘हालसम्म हातहतियार तथा खरखजानाको इजाजतपत्र जारी गरिएका व्यक्ति, प्रयोजन, प्रकार तथा संख्यासहित नवीकरण भए÷नभएको विवरण, त्यस्ता हातहतियार इजाजत विपरीत प्रयोग भए÷नभएको विवरण र विना इजाजत प्रयोग गरिएको,

नवीकरण नगरिएको र उद्देश्य विपरीत प्रयोग गरिएको कारण त्यस्ता हतियार बरामद गरिएको सो समेत खुलाइ पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र उपलब्ध गराइदिनुहुन आदेशानुसार अनुरोध छ’ पत्रमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्