२०८१ श्रावण १२
                           

स्वास्थ्य कार्यालयद्धारा आयोजित सामाजिक परिक्षण तालिम सम्पन्न

चैत्र ६, चौतारा । सामाजिक परिक्षण सम्बन्धी २ दिने तालिम भएको छ । स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले तालिम आयोजना गरेको हो । स्वास्थ्य क्षेत्रका लागि सामाजिक जवाफदेहताको संस्कार विकास गर्ने उदेश्यले तालिम भएको स्वास्थ्य कार्यालय प्रमुख दुर्गा बजगाईले बताए । सामाजिक परिक्षण कार्यान्वयन रणनीति, संस्थागत व्यवस्था र क्षमता विकास, सामाजिक परिक्षणका चरण र विधि लगायतका विविध विषय तालिममा समेटिएको थियो ।
तालिमको प्रशिक्षकहरुमा श्रीकृष्ण बस्नेत, कृष्णबहादुर गुरुङ, राजु विक, शोभराज भण्डारी, रामरोशन यादव , विप्लव शाक्य र मनिषा हाडा थिए । तालिमबाट हासिल गरेका सीप र ज्ञान कार्यान्वयनमा आउने चौतारा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रुद्रमणी भण्डारीले विश्वास व्यक्त गरे ।

यस्तै नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले स्वास्थ्य जस्तो समवेदनशील विषयमा सामाजिक परिक्षण अतिवाश्यक भएको बताए । चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख शिव पुरीले तालिमको उपलब्धि बारे व्यक्त गरेका थिए । तालिम पश्चात् स्थानीय स्वास्थ्य संस्थाले स्वास्थ्य सामाजिक परिक्षणलाई कार्यान्वयनमा ल्याउने विश्वास गरिएको छ ।
सिन्धुपाल्चोक जिल्लाका १२ वटै स्थानीय तहका स्वास्थ्य प्रमुख र सरोकारवाला प्रतिनिधिहरु तालिममा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्