२०८१ श्रावण १२
                           

जनयुद्ध दिवसकाे अवसरमा नेकपा माओवादी केन्द्र चाैतारा नगरसमितिद्वारा खाधन्न सहयोग

चाैतारा, १ फागुन – २९ औं जनयुद्ध दिवसकाे अवसरमा नेकपा माअाेवादि केन्द्र चाैतारा सागाचाेकगढि नगरसमिति सिन्धुपाल्चोकले वृद्ध-वृद्धाहरुलाई खाधन्न सहयोग गरेकाे छ ।

मङलवार चाैतारा सागाचाेकगढि नगरपालिका वडा नम्वर ५ स्थित वृद्धअाश्राममा रहेका वृद्ध-वृद्धा तथा बौद्धिक  अपाङ्गता भएका बालबालिकाहरुलाई खाधन्न वितरण गरिएकाे नगर कमिटी सचिव रामशरण वि.कले जानकारी दिनुभएको छ ।

जसमा दुई -दुई बाेरा चामल, दाल ,तेल ,चिनि र बिस्कुट वितरण गरिएको हाे। मानवताको सेवानै जीवनको सर्वोत्तम कार्य हो भन्ने मर्मलाई आत्म साथ गर्दै आमा-बुवाहरुको जीन्दगीमा यस सहयोगले अलि कति मात्र भए पनि खुसी र सहजता ल्याउने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्