२०८१ श्रावण १२
                           

हेलम्बुले ल्यायाे विद्यार्थीसँग अध्यक्ष कार्यक्रम

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले विद्यार्थीसँग अध्यक्ष कार्यक्रम सञ्चालन गरेको छ । आज हेलम्बु गाउँपालिकाले सञ्चालन गरेको एकिकृत सिकाई केन्द्रमा गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो ।

आफ्ना विद्यालयसँग सम्बन्धीत र शिक्षासँग सम्बन्धी विविध प्रश्न गर्न पाएकोमा विद्यार्थीहरुले खुशि ब्यक्त गेका थिए । हेलम्बु गाउँपालिकाका शिक्षा शाखा प्रमुख धनध्वज लामाले शिक्षामा सुशासन कसरी कायम गर्न सकिन्छ ?शिक्षामा गरेको लगानी अनुसार प्रतिफल कसरी हासिल गर्न सकिन्छ।भन्ने बिषयमा छलफल गर्न विद्यार्थी संग अध्यक्ष कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

उहाँले गाउँपालिकाले आगामी बर्ष तयार पार्ने निति तथा कार्यक्रमहरुमा विद्यार्थीको इच्छा,आवस्यकता,गाउँपालिकाको दायित्व लगायत बिषय समेटेर प्रभावकारी कार्यक्रम निर्माण गर्नका लागी यो कार्यक्रम संचालन गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्