२०८१ श्रावण १२
                           

पाख्रिन तामाङ समाज नेपालले गर्याे पत्रकार पाख्रिनलाई सम्मान

कान्तिपुर टेलिभिजनकी सिन्धुपाल्चोक सम्वाददाता पत्रकार कमला  पाख्रिन सम्मानित हुनुभएको छ।शनिवार २८६० डुक ल्हो सोनाम ल्होछार कार्यक्रमको अवसरमा   तामाङ समाज नेपालले उहाँलाई  सम्मान गरेको हाे ।

पत्रकारितामार्फत शिक्षा, स्वास्थ्य, नागारिकको समस्या र सरकारी सेवा प्रवाहको विषयलाई प्रभावकारी रुपमा उठाएको भन्दै  पाख्रिनलाई कदरपत्रसहित सम्मानित गरिएको तामाङ समाज नेपालका अध्यक्ष शुक्र पाख्रिनले  बताउनुभयो ।

पत्रकार  पाख्रिन सङ्गै  सामाजसेवी टंकबहादुर पाख्रिन, अवि पाख्रिन र प्रेम तामाङलाई पनि सम्मान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्