२०८१ श्रावण १२
                           

मेयर सापकोटा र चिनियाँ प्रतिनिधि मण्डलबीच भेटवार्ता

चौतारा। नेपालका लागि चिनियाँ दूतावासका काउन्सिलर वाङ्सी र चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा बीच भेटवार्ता भएको छ। चिनियाँ सरकारको लगानीमा बन्दै गरेको चौतारा अस्पतालको अवलोकन गर्न आइपुग्नु भएका वाङ्सीले मेयर सापकोटालाई बन्दै गरेको चौतारा अस्पतालको बारेमा ब्रिफिङ गर्नुभएको थियो। उहाँले सिन्धुपाल्चोक जिल्लामा चिनियाँ सरकारबाट ३ ठूलाठूला आयोजनाहरू बन्दै गरेको जानकारी दिँदै सिन्धुपाल्चोकबासीहरूबाट ती आयोजनालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि सहयोग गर्न आग्रह गर्नुभयो काउन्सुलर वाङ्सीले नेपाल चीनबीचको सम्बन्ध प्रगाढ रहँदै आएको र अझै प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो।

चौतारा साँगाचोकगढी वडा नं ४ कुविन्डेलाई जिवन्त गाउँको रुपमा विकास गर्नका लागि चीन सरकारले पहलकदमी लिइसकेको जानकारी दिनुभयो । भेटवार्तामा मेयर सापकोटाले चीन सरकारको सहयोग सराहनीय रहदै आएको उल्लेख गर्दै जुन जस्तो तरिकाबाट चीन सरकारले सहयोग गर्दै आएको छ त्यसप्रति धन्यवाद प्रकट गर्नुभयो ।

उहाँले खास गरी वडा नम्बर ४ को कुविन्डेलाई नमुना गाउँको रुपमा विकास गर्न चीन सरकारले देखाएको उदारताको खुलेरै प्रशंसा गर्नुभयो। चौतारा अस्पताल निर्माण गरेर स्थानीयको स्वास्थ्य उपचारमा सहजता ल्याउन चीन सरकारले गरेको सहयोगप्रति सिङ्गो नगरपालिका नै ऋणी भएको उल्लेख गर्नुभयो। खासगरी चीनको सुरक्षाप्रति आफूहरू सदैव सचेत र संवेदनशील रहेको उल्लेख गर्दै मेयर सापकोटाले दुई देशीय मित्रता अझै प्रगाढ रहने विश्वास व्यक्त गर्नुभयो ।

सिन्धुपाल्चोकमा चीन सरकारद्वारा लगानी गरेका ठूला,मझौला र साना आयोजनाहरु समयमै सम्पन्न गर्नका लागि आफूहरूको सहयोग सधैँ रहिरहने प्रतिबद्धता पनि जाहेर गर्नुभयो। चौतारा साँगाचोकगढी नगरपालिकामा आवश्यकता अनुसारका आयोजनाहरूमा लगानी गर्दै नगरपालिकालाई नमुना नगरपालिकाको रुपमा विकास गर्न पनि उहाँले काउन्सिलर वाङसीसँग आग्रह गर्नुभयो ।जवाफमा काउन्सिलर वाङ्सीले चीनसँग सिन्धुपाल्चोक जोडिएकै कारणले पनि आफूहरु सिन्धुपाल्चोकको विकास, निर्माणमा समर्पित रहेन प्रतिबद्धता जाहेर गर्नु भयो ।बिसौनी

प्रतिक्रिया दिनुहोस्