२०८१ श्रावण १२
                           

जुगल गाउँपालिकाको पर्यटन प्रवर्धनको लागि NMA बिच सम्झौता

सिन्धुपाल्चोक,७ वैशाख
सम्झना कार्की – जुगल गाउँपालिका र नेपाल पर्वतारोहण संघ ( NMA) बीच जुगल गाउँपालिकाको पर्यटन प्रवर्धनको लागि सम्झौता भएको छ । बिहिबार जुगल गाउँपालिकालाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने उद्येश्यले नेपाल पर्वतारोहण संघबीच सम्झौता भएको जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबोले बताउँनुभयो ।

पर्वतारोहण सम्बन्धी तालिम केन्द्र स्थापना गर्ने ,तालिम सञ्चालनका लागी पहल गर्ने , पर्यटन गुरुयोजनालाई निर्माण गर्ने,गाउँपालिका क्षेत्रमा रहेका आरोहणका लागी हिमचुलीहरुको प्रचार प्रसार गर्ने अध्यक्ष स्याङबोको भनाई छ । यी दुई बीच भएको सम्झौता अनुसार आरोहणका लागी सम्भावना भएर पनि आलसम्म खुल्ला नगरीएका हिमचुलीहरु खुल्ला गर्ने कार्यमा पहल गर्ने, नयाँ आरोहण मार्गहरुको पहिचान गर्ने ,आरोहणहरुलाई ब्यवस्थीत गर्ने लगाएतका विषयवस्तु सम्झौता पत्रमा उल्लेख गरिएका छन् ।

पर्यटकिय क्षेत्रको हवको रुपमा विकास गर्नका लागी प्रशस्तै सम्भावनाहरु रहेकोे गाउँपालिका पनी हो । सम्झौता कार्यक्रममा ( NMA) अध्यक्ष  निमा नुरू शेर्पा,गाउँपालिका अध्यक्ष रेशम स्याङबो , वडा अध्यक्ष प्रेम तामाङ जुगल पर्यटन अध्यक्ष मिलन तामाङ लगाएको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्