२०८१ श्रावण १२
                           

अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोकको अध्यक्षमा संजेल

सिन्धुपाल्चोक, ६ पुस

नेकपा (माओवादी केन्द्र) को भातृसंगठन अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोकको २० औँ सम्मेलनले निश्चल संजेल को नेतृत्वमा ६५ सदस्यीय कमिटी निर्विरोध निर्वाचित गरेको छ ।संगठनको नेतृत्वका लागि संगठनका तत्कालिन उपाध्यक्ष हरि पौडेल, प्रविण चौलागाईं, दिपक दनुवार र सचिव सुबास गौतमको समेत दावि रहेको थियो ।

अध्यक्षमा संजेल संगै उपाध्यक्षमा प्रदिप पराजुली, सुदिप श्रेष्ठ र कमल न्यौपाने निर्वाचित भएका छन् ।यस्तै सचिवमा चौताराका प्रल्हाद विश्वकर्मा निर्वाचित भएका छन् भने सह-सचिवमा उमेश लामिछाने, हितबहादुर तामाङ र रुपा न्यौपाने निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्षमा मञ्जु नेपाल निर्वाचित भएकी छिन् ।

‘शिक्षा स्वास्थ्य रोजगारको लागी हाम्रो अभियान, सामाजिक न्याय सहित आर्थिक समृद्विको पक्षमा २० औं जिल्ला सम्मेलन’ भन्ने नाराका साथ जिल्लाको सदरमुकाम चौतारामा सम्पन्न भएको  हो ।

प्रतिक्रिया दिनुहोस्