२०८१ श्रावण १२
                           

महेन्द्र माध्यमिक विद्यालयको ६३ औं वार्षिक उत्सव सम्पन्न

सिन्धुपाल्चोक, ६ पुस

श्री महेन्द्र माध्यमिक विद्यालयको ६३ औं वार्षिक उत्सव २० औं अभिभावक भेला तथा १४ औं आजीवन सदस्य भेला सम्पन्न भएको छ । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अध्यक्ष शेर्पाले गत सालको तुलनामा विद्यालय सुधारोन्मुख रहेकोमा खुशी व्यक्त गर्नुभयो । नजिकैको तेर्से माध्यमिक विद्यालको उदाहरण दिदै उहाँले त्यस्तै उदाहरणीय कार्य गर्न आग्रह गर्नुभयो । अध्यक्ष शेर्पाले देशनै अहिले विद्यार्थी विहिन स्थितिमा पुग्न लागेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले शिक्षा र स्वास्थ्य निशुल्क गर्नसके मात्र मुलुकको परिबर्तन संभव रहेको बताउनुभयो ।

निजि विद्यालय सरह बनाउन सामुदायिक विद्यालयलाई के के आवश्यक पर्छ त्यसको ब्यबस्था गर्न गाउँपालिका तयार रहेको भन्दै शिक्षक हरुलाई त्यसको तयारीमा लाग्न आग्रह गर्नुभयो । आम जनतालाई अहिले राज्य भएको अनुभुती नभएको भन्दै अध्यक्ष शेर्पाले गुणस्तरीय शिक्षा र उपचार गर्न नसक्ने स्थितिकै कारण लाखौं नागरिक विदेशीएको दावी गर्नुभयो ।कार्यक्रममा हेलम्बु ७ का वडा अध्यक्ष निलबहादुर खड्काले हेलम्बुले शिक्षाको क्षेत्रमा गरेको लगानी अनुसार प्रतिफल दिन नसकेको बताउनुभयो । उहाँले प्रत्येक विद्यालयमा बिषयगत शिक्षकको आवश्यक रहेकाले त्यसकोक ब्यबस्थापनमा सबै लाग्नुपर्ने बताउनुभयो । हेलम्बु सिकाइ केन्द्रका प्रमुख राजन लामिछानेले एस इ इ मा सहभागी हुने विद्यार्थी हरुलाई भब्य तयारी गर्न सुझाउदै सुभकामना व्यक्त गर्नुभयो ।

उहाँले हेलम्बुको शिक्षा सुधारका लागी ब्यापक छलफल आवस्यक रहेको बताउनुभयो । सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने थुप्रै आधार भएकाले हरेक शिक्षकको छोराछोरी सामुदायिक विद्यालयमा पढाउने वातावरण सिर्जना गर्न सक्नुपर्ने बताउनुभयो । भूमेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक एवम् शिक्षक महासघं हेलम्बुका अध्यक्ष यमबहादुर जोतीले सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउन चुनौती रहेको बताउनुभयो ।

उहाँले स्थानीय तहले मात्र नभई अभिभावक, शिक्षाप्रेमी र विद्यालयको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका हुने भएकाले विद्यार्थीलाई आकर्षण गर्ने वातावरण तर गर्ने कुरामा सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा पुर्व शिक्षकहरुलाई सम्मान गरिएको थियो भने हेलम्बुका नृत्य शिक्षक चुडामणी फुयाल र विद्यार्थीहरुले आफ्नो कप्रस्तुति प्रस्तुत गरेका थिए । कार्यक्रममा हरिकुमार शर्मा, राष्ट्रिय ब्यापार संघ लगायत उपलब्ध गराएको पुरस्कार वितरण गरिएको थियो । विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष भरत थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक उद्ववकुमार लामिछानेले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्