२०८१ जेष्ठ ६

लिसंखुपाखरकी काजल नेपालकै कान्छी अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका-५ जेठलकी काजल श्रेष्ठ नेपालकी कान्छी अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री बनेकी छन् । वर्ल्ड तेक्वान्दोले आयोजना गरेको १२६औं इन्टरनेशनल ग्योरोगी रेफ्री सेमिनारमा  काजलले उक्त उपलब्धि हासिल गरेकी हुन् ।अन्तर्राष्ट्रिय रेफ्रीको कोर्स पास गरेपछि उमेरले भर्खर २६ पुगेकी श्रेष्ठले तेक्वान्दोमा आफू नेपालकै सबैभन्दा कान्छी रेफ्री बनेकी बताएकी छन् । अन्तर्राष्ट्रिय रेफ्री बनेपछि काजलले अब साग र एसियन गेम्स अफिसियल स्तरको तेक्वान्दो खेलाउन पाउनेछिन् ।फोर्थ डान ब्ल्याकबेल्टधारी श्रेष्ठले शरीर थाकेपनि सपना पूरा गर्न विश्वास र आँट कहिल्यै नथाक्ने भन्दै यसबाट आफू एकदमै खुशी भएको बताइन् ।

उनले त्रिभुवन आर्मी क्लबबाट तेक्वान्दा खेल्दै आएकी छन् । सानै उमेरदेखि तेक्वान्दो खेलमा लागेकी काजलले सन् २०१४ मै ताइवानमा भएको दशौँ जुनियर वर्ल्ड च्याम्पियनसिप खेलेकी थिईन् भने २०१९ मा नेपालमै भएको १३औं सागमा ४६ केजी तौलमा स्वर्ण जितेकी थिइन् । गत जेठमा अजरबैजानमा भएको विश्व तेक्वान्दो प्रतियोगितामा भागलिन जाने क्रममा गाउँपालिकाले खेलाडीलाई हौसला र प्रोत्साहनको लागी भन्दै गाउँपालिकाले उनलाई २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्