२०८१ श्रावण १२
                           

अखिल (क्रान्तिकारी) मेलम्चीको तेस्रो सम्मेलनबाट दाहालको अध्यक्षतामा ३५ सदस्यीय समिति चयन

मेलम्ची/ अखिल (क्रान्तिकारी) मेलम्ची नगरपालिकाको तेस्रो सम्मेलनबाट पुष्पकमल दाहालको अध्यक्षतामा ३५ सदस्यीय समिति गठन भएको छ । समितिको उपाध्यक्षमा अरुणा पाण्डे,नबिन कार्की ,सचीवमा अर्जुन थापा,सहसचिवमा नविन तामाङ,अनिस खनाल र कोषाध्यक्षमा मनिषा मिजार चयन हुनुभएको क्रान्तिकारी मेलम्ची नगर इन्चार्ज दिपक दनुवारले जानकारी दिनुभयो ।

सम्मेलनको बागमती प्रदेशका भौतिक पुर्वाधार मन्त्री तथा नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य युवराज दुलाल (शरद)ले उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन गर्दै मन्त्री दुलालले सामाजिक विकास मन्त्री हुँदा आफुले बागमती प्रदेशको शिक्षा तथा विकासका क्षेत्रमा गरेका कामको जानकारी दिदै अहिले पनि निरन्तर विकासकै काममा सक्रिय रहेको बताउनुभयो । उहाँले विद्यार्थीहरु लाई राजनीतिक क्षेत्रमा लागेर समाजसेवा र देशको विकासमा लाग्न प्रेरित गर्नुभयो ।

कार्यक्रममा विद्यार्थीहरुले विद्यालयमा खेलकुदको अभाव,समयमै शिक्षक नियुक्ति नहुने,गुणस्तरीय शिक्षामा कमी हुँदै गएको लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए । जवाफमा मन्त्री दुलालले यी समस्या समाधानका लागी आफुले प्रहल र प्रयत्न गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्