२०८१ श्रावण १२
                           

सिन्धुपाल्चोकको खाडिचौर पुगेका एमाले अध्यक्ष ओलीलाई बलेफीले दियो मायाको चिनो

२५ मंसिर, सिन्धुपाल्चोक

‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियान अन्तरगत सिन्धुपाल्चोक पुगेका एमाले अध्यक्ष केपि शार्मा ओलीलाई बलेफी गाउँपालिकाले मायाको चिनो दिएर स्वागत गरेको छ । सोमबार विहान जिल्लाको बलेफी गाउँपालिकामा पर्ने खाडीचौर बजारमा पुगेका ओलीलाई बलेफी गाउँ पालिकाका अध्यक्ष गंगा बहादुर तामाङले न्यानो स्वागत गर्दै मायाको चिनो समेत दिए । तामाङ माओवादीबाट निर्वाचित पालिका अध्यक्ष हुन् ।

ओलीलाई स्वागत गरेपछि उनको सचिवालयले ‘तुच्छ र फोहोरी राजनीतिको अन्त्य गरौं, उच्च राजनीतक संस्कारको विकास गरौं’ भनेर मायाको चिनो प्रदान गरेको तस्बिर सार्वजनिक गरेको छ । अध्यक्ष तामाङले उनलाई यात्रा सफलताको शुभकामना समेत दिएका छन ।

एमालेले बैतडीको झुलाघाटबाट यही मंसिर १४ गते सुरु गरेको अभियान सिन्धुपाल्चोकको खाडीचौर पुगेको हो । खाडीचौरमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले, एमालेले मात्रै देशको रक्षा गर्न सक्ने दावी गर्दै अब दिगो ढंगले देशको रक्षा गर्न र समृद्ध मुलुक बनाउन एमालेको बहुमतको सरकार आवश्यक रहेको बताए ।

यसैविच सिन्धुपाल्चोक पुगेका ओलीलाई माओवादी बागमती प्रदेश अध्यक्ष एवं बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले सुकुटेमा खादा लगाएर स्वागत गरेका छन् ।

सिन्धुपाल्चोकमा गाउँपालिका र माओवादीले गरेको स्वागतको विषयलाई फोटो ‘अफ द डे’ भनेर चर्चा गरिएको छ । ओलीप्रति देखाईको उच्च राजनीतिक संस्कारको एमाले पंक्तिले खुलेर प्रशंसा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्