२०८१ श्रावण १२
                           

वाइसिएलको तेश्रो चौतारा सम्मेलनबाट अध्यक्षमा नेपाल, समग्र देशमा आएको चुनौती सामान गर्न सक्षम नेतृत्व चाहिन्छ: मन्त्री दुलाल

सिन्धुपाल्चोक ,२३ मंसिर
योङ कम्युनिष्ट लिग नेपाल, (वाइसिएल) चौतारा साँगाचोकगढी नगरपालिकाको तेश्रो पालिका सम्मेलनबाट बेल बहादुर नेपालको अध्यक्षतामा ७५ सदस्यीय नगर समिति चयन भएको छ । जसमा सचिवमा अनिल तामाङ ,चौतारा साँगाचोकगढी न.पा.–११ बाट नगर कमिटी सह सचिवमा मोहन तामाङ,सदस्यहरुमा .विमल खत्री पराजुली, सुन्दर माझी, आश्मान तामाङ,रमेश वि.क. लगाएत निर्वाचित भएका छन् ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बागमती प्रदेशका भौतिक पुर्वधार विकास मन्त्री युवराज दुलाल सरदले सिङगो देशको लागि समय चुनौति पुर्ण रहेको बताउँदै कुनै पार्टी बिशेषको लागि कुनै सङगठन बिशेषको लागि मात्रै नभई देशको परीस्थीति, अर्थ व्यवस्थामा, राष्ट्रीय अर्थतन्त्रमा लगाएत समग्र देशमा आएको चुनौतीको स्थती रहेकोले सो चुनौती सामान गर्नको लागि सही नेतृत्व,संगठन, सक्षम नेतृत्वले समाधान गर्न सक्ने बताउँनुभएको छ ।आएको अवसरले आफ्नो क्षमतामा परीर्वतन गरेर छलाङ मारेर परिबर्तनको संवाहक नै युवा हुने बताउनुभएको छ । युवाहरुको भव्य कार्यक्रम नै आजको आवश्यकता हुने उहाँको भनाई छ ।


माओवादी पार्टीको एउटा आधार क्षेत्रको रुपमा परिचित चौतारा सागाँचोकगढी नगरपालिकामा विधिको रुपमा मात्रै कार्यक्रम गर्न नहुने भन्दै सन्देश र उत्साह दिने गरी कार्यक्रम गर्न मन्त्री दुलालले सुझाव समेत दिनुभएको छ । पार्टी रुपान्तरण अभियान लाई हाक्ने प्रमुख जिम्मा युवाहरुकै रहने उहाँको भनाई छ । बाहिर निस्केर खुलेर म वाईसिएल हु भन्न नसक्दा कहि न कहि चुकेको आफुले देखेकोे गुनासो समेत गर्नुभयो ।

मन्त्री दुलालले भन्नुभयो,आज बनेको कमिटिले युवाहरुलाई यहाँ संगठन छ भन्ने कुरा विविध गतिबिधि गरेर राम्रो काम गरेर देखाउन सकोस। निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना छ । युवा भनेको उत्साह,परिबर्तन,र भविष्य भएकाले युवाहरुले आफ्नो क्षमतालाइ चिन्न जरुरी छ । ’

कार्यक्रममा चौतारा नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले निर्वाचित टिमलाई कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्नुभयो

प्रतिक्रिया दिनुहोस्