२०८१ श्रावण १२
                           

मेलम्ची करिडोरमा तटबन्ध निर्माणले बस्ती,सडक र संचरचा जोगिदै

असार २८ — पछिल्लो दुई जेठ र असार महिनामा मेलम्ची करिडोरमा धमाधम तटबन्ध निर्माण भएपछि स्थानियले राहत महशुश गरेका छन् । नदीले कटान गर्न सक्ने र जोखिम निम्तन सक्ने सम्भावित बजार, विद्यालय तथा मुख्य सडक क्षेत्रमा अहिले नदि नियन्त्रण अन्तरगत २९ स्थानमा तटबन्ध निमार्ण भएका हुन् । गत वर्षको मेलम्ची वाढीका कारण उच्च जोखिममा परेको हेलम्बु देखि दोलालघाट सम्मको क्षेत्रमा तटबन्ध तथा पक्की तारजाली लगाइएको छ । यसले नदिको बहाब नियन्त्रण गर्न, बस्ती बाटो संरक्षण लागि राहत पुगेको चनौटेका स्थानिय रविन कक्षपति बताउनुहुन्छ ।
४ करोड लागतमा बागमती प्रदेश अन्तरगत भु तथा जलाधार ब्यवस्थापन कार्यालयबाट अस्थाई संरक्षणको लागि ३१ योजना राखिएकोमा २९ योजना कार्यान्वयन भएको छ । हेलम्बुको चनौटे,किउल , मेलम्ची बजार, चनौटे बजार , बाहुनेपाटिका बजारहरु अस्थाई संरक्षणले कटानबाट जोगिएका भु तथा जलाधार ब्यवस्थापन कार्यालय सिन्धुपाल्चोक प्रमुख दिवाकर मास्कले बताउनुभयो । ,
चार हजार घरधुरीको बसोबास रहेको सिन्धुपाल्चोक मेलम्ची करिडोर क्षेत्र हिउँदमा खतरामुक्त रहेपनि बर्खामा भने नदी कटानका कारण सधै जोखिममा हुने गरेको छ । गत वर्षको असारमा मेलम्ची खोलामा आएको बाढीले उर्वरभूमि जमिन र बस्ती कटान गर्दा स्थानीय पीडित बनेका छन् । घरखेत नै बाढीले बगाएपछि १३ महिनादेखि यहाँका स्थानीयले बास र गाँसको समस्या झेल्दै आएका छन् ।
डेढ मिटर तार जाली प्रयोग गरी आधा मिटर पछाडि छाड्दै ५ मिटर अग्लो र ५५ मिटर लामो तटबन्ध निमार्ण भएका छन् । तटबन्धकै कारण ग्याल्थुमको मेलम्ची भ्याली क्याम्पस, तालामाराङको तेर्से मा.वि र बाहुनेपाटिको जाल्पादेवि मा.विका भवन तथा संरचना नदिको कटानबाट जोगिएका जाल्पादेवि मा.विका प्राचार्य विष्णु गौतमले बताउनुभयो ।


यहाँको क्षती हेर्दा प्रदेश सरकारबाट विनियोजित थोरै रकमबाट भएको काम ‘हात्तीको मुखमा जिरा’ झैँ को अवस्थामा छ । मेलम्ची÷इन्द्रावती नदी एकीकृत संरक्षणका लागि बहुवर्षीय कार्यक्रमको रुपमा मेलम्चीमा कार्यालय रहने कुरा बागमती प्रदेशले अगामी बजेटमा समेटेको छ । प्रदेश सरकारका नियमित कार्यक्रमहरु कार्यान्वयन गर्ने निकायहरुबाट यो कार्यलाई आवश्यक श्रोत साधन र जनशक्ति समेतले सम्बोधन गर्न कठिन हुने भएकोले छुटै आयोजना गठन गरेर जानु पर्ने आवश्यकता भएकोले आयोजना गठनको प्रस्ताव जनप्रतिनिधिले अघि सारेको बागमती प्रदेश प्रदेश सभा सदस्य युवराज दुलालले बताउनुभयो ।


नदी तटीय क्षेत्रमा बाढीबाट बचेका तर उच्च जोखिममा रहेका शिक्षालयहरू, स्वास्थ्य संस्था, सडक, विधुत प्रसारण लाइन, लगायतका सार्वजनिक संरचनाहरुको तत्कालीन र दीर्घकालीन संरक्षणका कार्यक्रम सञ्चालन गरिने दुलाललको भनाई छ । अस्थायी र स्थायी संरक्षणका लागि योजनावद्ध तवरले काम गर्दै हेलम्बु मेलम्ची क्षेत्रलाई पुन बसोबास योग्य बनाइ, कृषि, पर्यटन, व्यापार व्यवसाय लगायत आर्थिक गतिविधिको नयाँ आधार निर्माण गर्नु अबको आवश्यकता रहेको उहाँले बताउनुभयो ।
अघिल्लो वर्ष असार १ गते भेमाथाङमा ठूलो बर्षाका कारण गएको पहिराले सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा अकल्पनीय बाढी आएको थियो । बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाँउपालिका, मेलम्ची नगरपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका, इन्द्रावती गाउँपालिका र चौतारा साँगाचोकगढी नगर पालिकाका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुरायो । प्रदेश सरकारको तर्फबाट चालु आर्थिक वर्षमा अस्थायी संरक्षणका लागि विनियोजन भएको बजेटले अस्थाई तटबन्धले प्रभावित क्षेत्रका नागरिकले केहि राहत महशुश गरेका छन् ।

बागमती प्रदेश सरकार र जिल्ला भूसंरक्षण कार्यालय सिन्धुपाल्चोककाे आर्थिक सहयाेगमा हेलम्बु-मेलम्ची क्षेत्रमा भएका अस्थायी तटबन्धकाे बागमती प्रदेशका पुर्व सामाजिक बिकास मन्त्री युवराज दुलाल , भूसंरक्षण कार्यालयका प्रमुख दिवाकर मास्के र सञ्चारकर्मीहरुबाट अनुगमन  समेत गरीएको हो ।

प्रतिक्रिया दिनुहोस्