२०८१ श्रावण १२
                           

छापका एक सय घरधुरीलाई ब्ल्याङकेट वितरण

सिन्धुपाल्चोक, २३ मङ्सिर – चौतारा साँगाचोकगढी नगरपालिका  वडा न ५ छापका  एक सय घरधुरीलाई ब्ल्याङकेट वितरण गरिएको छ।

समाजसेवी मनोज श्रेष्ठको विशेष समन्वयमा विदेशी नागरिकहरुले आपाङ्गता, एकल महिला र जेष्ठ नागरिकहरुलाई प्राथमिकतामा राखेर ब्ल्याङकेट वितरण गरिएको स्थानीय कल्पना श्रेष्ठले जानकारी दिनुभयो ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का वडा सदस्य कोमलबहादुर श्रेष्ठको अध्यक्षतामा ब्ल्याङकेट वितरण कार्यक्रम भएकाे  हाे ।कम्बल पाएपछि स्थानीय जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएकाहरु खुशी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्