२०८१ श्रावण १२
                           

चौतारा नगरपालिकाकाे आयोजनामा यसरी मनाईयाे मानव अधिकार दिवस

७५औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा चौतारामा प्रभात फेरि कार्यक्रमको आयोजना गरिएको छ

चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा आज बिहान भिन्तुना चोकदेखि टुडिखेल चोकसम्म प्रभात फेरि कार्यक्रम भएको हो।

संक्षिप्त कोण सभामा परिणत भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले मानव अधिकारका लागि सरकारले जति संवेदनशील, गम्भीर हुँदै जिम्मेवारपूर्ण दायित्व निर्वाह गर्छ त्यतिकै जिम्मेवारपूर्ण दायित्व नागरिकले पनि निर्वाह गर्नुपर्ने तर्फ औल्याउनु भयो । नागरिकले पनि आफ्नो अधिकार प्रयोग गरिरहँदा अरुको अधिकार हनन नहुने गरी आफ्नो कर्तव्य निर्वाह मात्र गरेमा पनि मानव अधिकार हननका घटनाहरु न्यूनीकरण हुने विश्वास व्यक्त गर्नुभयो।

चौतारा साँगाचोकगढी नगरपालिकाकी उपमेयर सीता थापाले इजरायलद्वारा हमासमाथि गरिएको बर्बरतापूर्ण आक्रमणको निन्दा गर्दै त्यहाँ मानव अधिकार हनन भएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष शिव श्रेष्ठ, अधिकारकर्मी एवम् इन्सेक प्रतिनिधि नातिबाबु धिताल, महिला सञ्जालकी उपाध्यक्ष रीना श्रेष्ठ लगायत वक्ताहरुले शुभकामना मन्तव्य राख्नुभयो

त्यस्तै आजै चौतारा नगरपालिकाको सभाहलमा स्थानीय जनप्रतिनिधि सरोकारवाला निकायका प्रतिनिधि, महिला सञ्जालका प्रतिनिधि लगायतका सहभागितामा अभिमुखी कार्यक्रम भएको पनि उपमेयर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्