२०८१ श्रावण १२
                           

नगरपालिकाको सभाहलमा आईतबारदेखि ४० जना किशोरीहरु आत्मरक्षा तालिम

 

चौतारा साँगाचोकगढी नगरपालिका– १ की जेशिका श्रेष्ठलाई कसैले दुर्व्यवहार गर्दा प्रतिकार गर्ने तरिका थाहा थिएन । तर अहिले त्यसको प्रतिकार गर्न सक्ने भएको बताउँछिन् ।

सेतीदेवी माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्दै गरेकी उनी भन्छिन्– ‘कतैबाट दुर्व्यवहार हुँदा कसरी प्रतिकार गर्ने भन्ने थाहा थिएन । तालिम लिएपछि आत्मविश्वास बढेको छ ।’ जिल्ला युवा समिति सिन्धुपाल्चोकले प्रदेश युवा परिषद् बागमतीको आर्थिक सहयोगमा आत्मरक्षा तालिम दिएपछि श्रेष्ठ दुर्व्यवहार भईहाले पनि प्रतिरक्षा गर्न सक्ने भएकी हुन् ।

श्रेष्ठसहित चौतारा साँगाचोकगढी नगरपालिकाको सभाहलमा आईतबारदेखि ४० जना किशोरीहरु आत्मरक्षा तालिम लिईरहेका छन् । ‘यो तलिम मेरो लागि निक्कै फलदायी छ, ग्रामीण क्षेत्रमा रहनुपर्ने भएकोले हामीजस्ता किशोरीहरु केहि होला कि भन्ने डरमा बाँच्ने गथ्यौं । विद्यालयमा, बाटोमा, सार्वजनिक स्थलमा सबैतिर हामीलाई असुरक्षित महसुस हुन्थ्यो’, तालिममा सहभागि ज्ञानमन्दिर नमूना माद्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत सविना दंगालले भनिन्– ‘तालिमले त्यस्ता विषयलाई प्रतिकार गरी आत्मरक्षा गर्न सहयोग पुगेको छ । अब त डर पनि हटेको छ ।’

२०/२० जनाको दुई समूहमा विभाजन गरी तालिम प्रदान गरिएको युवा स्वयम्सेवक रुपक दुलालले जानकारी दिए । २ वटा क्याम्पस, १ बहुप्रविधिक शिक्षालय र ९ विद्यालयका किशोरीहरुलाई तालिम प्रदान गरिएको दुलालले बताए । समाजमा हुने शारीरिक, मानसिक, भावनात्मक, यौनजन्यलगायत हिंसाकोविरुद्ध सशक्त रुपमा प्रतिकार गर्नका लागि किशोरीहरुलाई आत्मरक्षाको तालिम प्रदान गरिएको हो ।

 

जुनसुकै समयमा पनि किशोरीमाथि हुन सक्ने विविध प्रकारका हिंसाहरुको विरुद्धमा प्रतिकार गर्न सशक्त बनाउने उद्देश्यसहित किशोरीहरुलाई तालिम दिईएको प्रशिक्षक पार्वती पौडेलले बताईन् । पछिल्लो समय किशोरीहरुमाथि भइरहेका यौनजन्य हिंसाको विरुद्धमा सशक्त रुपमा प्रतिकार गरी आत्मरक्षा गर्न सक्षम बनाउनु तालिमको उद्देश्य रहेको उनको भनाई छ ।

तालिममा सकारात्मक सोच, नेतृत्व विकास, आत्मरक्षा तथा प्रतिकार गर्ने तौरतरिका, महिला तथा बालिकाको हक,अधिकार, घरेलु, सामाजिक र यौनजन्य हिंसा तथा न्यूनीकरणका उपायलगायत विभिन्न विषयहरुमा ज्ञान प्रदान गर्दै आत्मरक्षाको सीप प्रदान गरिने प्रशिक्षक सीतामाया ब्लोनले जानकारी दिनुभयाे।

दुईदिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख सीता थापाले तालिममा सिकेका ज्ञान, सिपलाई पूर्ण रुपले व्यवहारमा उतार्न सुझाव दिँदै नगरले समुदायस्तरमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरी हिंसाका गतिविधिहरुलाई न्यूनिकरण गरिरहेको बताउ नुभयाे।थापाले तालिमले किशोरीहरुमा आत्मरक्षा गर्ने क्षमताको विकास गर्नुका साथै सम्भावित घटनाको प्रतिकार तथा सुरक्षासहित सक्षम बन्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नु

भयाे।तालिम उद्घाटन समारोहमा विशेष अतिथि एवम् प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष सुन्दर शिरीषले आत्मरक्षा तालिमले समाजमा महिला, बालिका तथा किशोरीहरुमाथि हुने यौनजन्यलगायत हिंसाहरुको न्यूनीकरणमा सहयोग पुर्याउने बताउनुभयाे ।

 

प्रतिक्रिया दिनुहोस्