२०८२ असार ३
                           

जुगलमा नेपाल साेताेकान कराँते संघ गठन

नेपाल सोतोकान कराॅते संघ जुगल गाउँपालिका , सिन्धुपाल्चोक गठन भएकाे छ । गाउपालिका वडा नम्बर ५ का अध्यक्ष रबिन्द्र घिमिरेकाे बिशेष उपस्थितिमा संघ गठन भएकाे हाे ।

जुगलमा केहि बर्ष अघिदेखी प्रत्येक वडामा शाखा डोजो चलाई खेल प्रशिक्षण हुँदै आएकाे थियाे । बिहिबार भएकाे भेलाबाट सर्वसम्मत रुपमा अध्यक्ष रेशम सुन्दास नेतृत्वको ९ सदस्यीय संघकाे पालिका समिति गठन भएकाे छ ।

जसमा अध्यक्ष रेशम सुन्दाश, उपाध्यक्ष सोहन सुनार,सचिव सोम छिरिङ तामाङ,कोषाध्यक्ष रिया श्रेष्ठ,सदस्यहरू सुमन श्रेष्ठ,बादल लामा ,अर्जुन तामाङ ,माया परिवार र सन्च बहादुर बि.क. रहेका छन् । नवगठित समितिलाई वडाध्यक्ष घिमिरेले अबिर र खादा लगाएर बधाई ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्