२०८१ श्रावण १२
                           

वैकल्पिक बाटो सुधारको काम सुरु

जेठ २७, मेलम्ची हुँदै इन्द्रावती ,पाँचपोखरी जाने अस्थायी ह्युमपाईप बगाएपछि वैकल्पिक बाटोको सुधारको काम सुरु गरिएको छ । वैकल्पिक सडकको रुपमा मेलम्ची १०को वडा कार्यालय बडहरे, सञ्जेलटार हुँदै बाहुनेपाटि पुग्ने सडकको आज मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले निरिक्षण गर्नुभयो ।
उहाँले खोला किनारको बाटो भन्दा यो सडक राम्रो रहेकाले ग्रावेल हाल्ने, सडक चौडा गर्ने, ह्युमपाइप राख्ने कार्यगरी यातायात सहज सञ्चालनका लागि कार्य गर्न निर्देशन दिनुभयो । मेलम्ची नगरपालिका वडा नम्बर १०का अध्यक्ष अमृत खनालले आजै बाट सडक चौडा तथा स्तरउन्नतीको काम सुरु गरिएको जानकारी दिदै ३ ,४ दिनमा कार्य सम्पन्न गर्ने बताउनुभयो । खनालले क्युको बस, हेभि गाडि सधैभरी सहजरुपमा चल्नेगरी सडक मर्मत गरिने बताउनुभयो ।
नगर प्रमुख तामाङले १३ वटै वडा सम्म पुग्ने बाटो,बाहुनेपाटि मेलम्ची भोताङ, छापभञ्ज्याङ मेलम्ची , मेलम्ची तालामाराङ, बाहुनेपाटि काहुलेदोभान , भोटेचौर सडक कुनैपनि समयमा अवरोध नहुनेगरि कार्यगर्न आफुले निर्देशन दिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्