२०८१ श्रावण १२
                           

चौतारा नगरपालिकाको आयोजनामा ८ दिवसीय मेलमिलाप सम्बन्धी आधारभुत तालिम सुरु

सिन्धुपाल्चोक,१३ मंसिर
चौतारा सागाँचोकगढी नगरपालिकाको आयोजना र प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको सहजीकरणमा ८ दिवसीय मेलमिलाप सम्बन्धी आधारभुत तालिमको उद्घाटन गरिएको छ ।बुधबार नगर उपप्रमुख सीता थापाको अध्यक्षता र नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रमको उद्घाटन गरिएको हो । प्राकृतिक स्रोत तथा द्वन्द रुपान्तरण केन्द्रका प्रतिनिधि नेत्र धिताल र टिका सुवेदीले तालिमको सहजीकरण गर्ने न्यायिक शाखाका प्रमुख दुर्गा ढुङेलले जानकारी दिनुभयो ।


उद्घाटन कार्यक्रममा बोल्दै मेलमिलाप परिषदको सदस्य चुप बहादुर थापाले मेलमिलापको माध्यमबाट फाटेका मनहरुलाई सिलाएर मनको घाउ निको बनाउने डाक्टर बन्ने जिम्मेवारी लिन सहभागीलाई अनुरोध गर्नुभयो । नगरपालिकाले समावेशी सहभागितालाई समेत ध्यान दिएर यो मेलमिलाप कर्ता तालिम सन्चालन गरेर अदालतको कार्य सम्पादनलाई समेत सघाउ पुर्याउन मद्दत गरेको भन्दै धन्यवाद दिनुभयो ।

सोहि कार्यक्रममा बोल्दै नगर प्रमुख सापकोटाले मेलमिलाप कार्य मार्फत समृद्धि हासिल गर्न सहज हुने बुझाई रहेको र समाजमा हुने आपसी कलह, झगडा र मनमुटाबले समाधानको खोजी गर्न मेलमिलापकर्ताको महत्वपुर्ण भुमिका रहने बताउँनुभयो । तालिम सम्पन्न पश्चात् न्यायिक कार्य सम्पादन कार्यमा सघाउ पुग्ने र प्रभावकारी वृद्धि हुने विश्वास लिएको सुनाउँनुभयो ।


सो कार्यक्रममा जिल्ला न्यायाधीश बिदुर कोइराला, निमित्त प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ, डिएसपी निराञ्जन भट्राई, मेलमिलाप परिषदका सदस्य चुप बहादुर थापा, वडा अध्यक्ष डम्बर तामाङ्ग, कार्यपालिका सदस्य, जिल्ला बार एसोशियसनका अध्यक्ष भुपेन्द्र थिङ्ग लगाएतको उपस्थित रहेको थियो। तालिममा प्रत्येक वडाबाट दुई जनाको दरले २८ जना सहभागी हुनेछन । कार्यक्रम ८ दिन अर्थात ४८ घण्टा सम्म संचालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्